समाचार

डा संग्रौलाको टिप्पणीः ओली सरकार जारी संसद अधिबेशन अन्त्य गर्दै जनताको आवाज थुन्न उद्यत

१९ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा डिला संग्रौलाले ओली सरकार जारी संसद अधिबेशन अन्त्य गरी जनताको आवाज थुन्न उद्धत भएको टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेतृ संग्रौलाले सरकारले जारी अधिबेशनलाई बिहिबारदेखी अन्त्य भएको भनि गरेको घोषणाप्रति बिरोध जनाउँदै उक्त टिप्पणी गरेकी हुन् ।

उनले प्रधानमन्त्री केपी ओलिले आफ्नो सत्ता जसरी पनि जोगाउन र आफ्ना बिरोधिहरुलाइ ठेगान लगाउन जारी संसद अधिबेशनलाई समेत अन्त्य गरेर जनताको आवाजलाई थुन्ने जुन गरेको प्रयत्नले लोकतान्त्रिक मुल्यको उपहास गरि अधिनायकवादी बाटो समातेको प्रस्ट भएको बताएका छन् ।

नेतृ संग्रौलाले नेकपा भित्र सत्तालिप्साको गुटगत चरम बिकृतिले सिङ्गो मुलुकलाई बन्धक बनाएको बताईन । उनले जनतासंग सरोकार रहेका थुप्रै विधेयकहरु, संकल्प प्रस्ताव एबम जनसरोकारका विषयलाई संसदमा छलफलगरि समस्याको हल गर्नुको सट्टा सत्तालिप्सालाई सर्बेसर्बा मान्ने नेकपा र त्यसको सरकारले लोकतान्त्रिक गणतन्त्रको बिकास र जगेर्ना गर्ला र भन्दै संका व्यक्त गरेकी छिन् ।

संकटको बेला देश र जनता लाई उपेक्षा गरि गुटगत स्वार्थ लाई केन्द्र बिन्दुमा राखी सार्बभौमसत्ता सम्पन्न संसदलाई हठाहत बन्द गर्नु हताश एवम पराजित मानसिकता को उपज भएको उनको ठहर छ ।