राजनीति

म दृढता पुर्वक भन्न चाहन्छु, नेकपा फुट्दैन फुटाउन दिइदैनः नेता शर्मा

२० असार, काठमाडौं । नेकपा नेता जनार्दन शर्माले आफूहरुलेनेकपा फुट्न नदिने स्पष्ट गरेका छन् । उनले दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नु नहुने भन्दै नेकपा भित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र हेर्न नहुने विचारसहित हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको बताएका छन् ।
पूर्बमन्त्रीसमेत रहेका स्टाटस्मार्फत भनेका छन्, ‘पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ । म दृढता पुर्वक भन्न चाहन्छु पार्टी फुट्दैन फुटाउन दिइदैन ।’

पूर्ब माओबादीबाट नेकपा एकीकरणमा सामेल भएका नेता शर्माले स्पष्ट गरेका छन्, ‘पार्टीलाई विचार, बिधि र पद्धतिबाट बिचलित गरी व्यक्तिका आआफ्ना स्वार्थ पुर्तिको हतियार बन्न दिनु हुँदैन। तसर्थ एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरण सहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं ।’
नेता शर्माले पछिल्लो समयमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अन्य नेताहरुबीच भएको बिबादका बिषयमा स्पष्ट गरेका छन्, ‘कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । एकताको एक अभियान्ताको नाताले सबै नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योग्दान गर्न अपिल गर्दछु ।।’
नेता शर्माले अब भने नेकपामा ‘रुपान्तरण सहितको एकता आजको आवश्यकता’ भएको आफ्नो स्पष्ट विचार प्रश्तुत गरेका छन् ।

नेता शर्माको भनाई जस्ताको तस्तैः नेकपा भित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौ यो हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको छ । दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ । म दृढता पुर्वक भन्न चाहन्छु पार्टी फुट्दैन फुटाउन दिइदैन । पार्टीलाई विचार, बिधि र पद्धतिबाट बिचलित गरी व्यक्तिका आआफ्ना स्वार्थ पुर्तिको हतियार बन्न दिनु हुँदैन। तसर्थ एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरण सहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं । कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । एकताको एक अभियान्ताको नाताले सबै नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योग्दान गर्न अपिल गर्दछु ।।

‘रुपान्तरण सहितको एकता आजको आवश्यकता’