समाचार

अपराह्न राष्ट्रपति भण्डारीलाई भेटे फर्किए प्रधानमन्त्री ओली

२० असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गरेका छन् । 

राष्ट्रपति भवन शीतलनिवासमा सवा घण्टा लामो भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीचको यो नियमित भेटघाट हो ।