सुदूरपश्चिम

कुँवरको यसरी गरियो धारिलो हतियार प्रहार गरी हत्या

२१ असार, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ । छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बताए।

धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गर्ने कार्यमा संलग्न खड्का भने फरार रहेका छन् । फरार रहेका खड्काको खोजीकार्य जारी छ । “घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ”, प्रहरी नायब उपरीक्षक थापाले भने, “के कारणले हत्या भएको रहेछ भन्नेबारे अनुसन्धानको कार्य भइरहेको छ ।” कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको उहाँले बताउनुभयो । राति १० बजेको समयमा हत्या भएको बताइएको छ ।