२२ असार, काठमाडौं। आज काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा २४ जना, ललितिपुरमा २० जना र भक्तपुरमा १० जना गरी जम्मा ५४ जना संक्रमित थपिएका हुन् ।
उपत्यकामा दैनिक रुपमा कोरोना संक्रमित थपिएपछि माक्स नलगाई हिँड्नेलाई कारबाही गर्ने गृहमन्त्रालयले विज्ञप्तीमार्फत जनाईसकेको छ ।
आज जम्मा १८० जनामा कोरोना देखिएकोमा उपत्यकामामात्र ५४ जना भनेको ३० प्रतिशत हो ।