२२ असार, काठमाडौं । सोल्टी होटललाई शील गरिएको छ । नेपाल एयरलाईन्सका तीन पाईलटसहित १४ जनालाई कोरोना संक्रमण भेटिएपछि उक्त होटलको क्वारेन्टाईनमा राखिएको थियो ।
आज पाईलटसहित केही क्रु मेम्बरमा कोरोना संक्रमण भेटिएपछि उक्त होटल शील गरिएको हो ।
कालीमाटी बृतका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुवरका अनुसार होटल भित्रकालाई भित्रै र बाहिरबाट जाने स्वास्थ्यकर्मीबाहेक सबैलाई प्रवेश निशेध गरिएको छ ।
आजमात्र १८० जनालाई कोरोना लागेको अवस्थामा नेपाल एयरलाईन्सका पाईलट र क्रु मेम्बरहरुलाई पनि कोरोना लागेको पुष्टी भएको थियो ।