समाचार

नेपालमा भारतभन्दा सस्तो तेल हुँदा कालो बजारी बढ्ने

२५ असार काठमाडौं । भारतभन्दा नेपालमा तेलको मुल्य सस्तो भएको पाईएको छ । भारत भन्दा नेपालमा इन्धनको मुल्य ४० रुपैयाँले कम रहेको जनाईएको छ ।

यस्तै भारतभन्दा नेपालमा तेलको मुल्य सस्तो भएपछि चोरी निकासी हुने र त्यसलाई नियन्त्रण गर्नुपर्ने अवस्था देखिएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणी उपाध्यायले जानकारी दिएका छन् । खुल्ला बोर्डरको कारण नेपालमा सस्तो मुल्यमा तेल खरिद गरेर भारतमा लगि कालोबजारी हुने आयल निगमको भनाई छ ।

साथै लकडाउनका कारण केहि समय भारत–नेपाल आवत जावत कमभएकाले चोरी निकासी कम भएपछि नेपालमा लकडाउन खुकुलो हुँदै गर्दा र भारतभन्दा नेपालमा तेलको मूल्य सस्तो हुँदा चोरी निकासी हुने, सवारीसाधन आएर इन्धन भरेर जाने जोखिम बढेको झनै बढेको छ ।

उपाध्यायका अनुसार रक्सौलमा पेट्रोल १ सय ३४ नेपाली रुपैयाँ पर्छ भने डिजलको मूल्य १ सय २४ छ । वीरगञ्‍जमा पेट्रोल ९९ रुपैयाँ ५० पैसा र डिजेल ८५ रुपैयाँ ५० पैसामा पाईने गरेको छ ।