लुम्बिनी

स्थानीय तह पदाधिकारी सुविधा विधेयक प्रमाणीकरण

२५ असार, रुपन्देही । प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आज ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।

सो विधेयक यही असार २२ गते प्रदेशसभाबाट पारित भएको थियो । नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख यादवले सो विधेयक प्रमाणीकरण गरेका प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।