२६ असार झापा । बिहिबार देखी लगातारको भिषण वर्षाले सप्तकोशीमा पानीको बहावले खतराको सतह भेटाउँदै गएको छ ।
पहाडमा लगातार वर्षा भएका कारण नदीमा पानीको बहाव बढ्दै गएको हो । जसका कारण कोशीका ३० वटा ढोका खोलिएका छन् ।
अहिलेसम्म कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये ३० वटा ढोका खोलिसकिएको ब्जारेजमा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीले जानकारी दिएका छन् ।
खत्रीका अनुसार बिहीबार बेलुका कोशीमा १ लाख ४५ हजार क्युसेक मापन गरिएको थियो । तर पानीको बहाव बढ्दै जाँदा आज शुक्रबार बिहान पानीको बहाव २ लाख ७ हजार ७ सय १५ क्युसेक रहेको खत्रीले बताएका छन् । जस्ले गर्दा खतरा बढ्दै गएको छ ।