बाग्मती

न्युरोड लगाएतका साना व्यवसायी आन्दोलीतः लकडाउनको बैंक ब्याज/ घरभाडा मिनाहाको माग

२६ असार काठमाडौं । लकडाउन अवधिको घरभाडा र बैंकब्याज मिनाहको माग गर्दै साना व्यवसायीले आज काठमाडौंमा प्रर्दशन गरेका छ् ।

विभिन्न नारा लेखिएका ब्यानरसहित न्युरोड क्षेत्रका साना व्यवसायी आन्दोलीत भएका हुन् । सरकारसामु व्यवसायीले लकडाउन अवधिभरको ब्याज मिनाहा गर्नुपर्ने ऋणको किस्ता तथा ब्याज भुक्तानीको भाका एक वर्षपछि सार्नु पर्ने, कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्नुपर्ने तथा लकडाउन अवधिभरको भरघाडा मिनाहा गर्नुपर्ने लगाएतका मागहरु राखेका छन् ।

नेपाल राष्ट्रिय व्यवसाइ महासंघले कोरोना भाईरसका कारण उद्योगी व्यवसायीहरु सारै मारमा परेको अवस्थामा पनि सरकारले वेसास्ता गरेको भन्दै व्यवसायी आन्दोलित भएको जानकारी दिएको छ ।