३० असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपीशर्मा ओलीको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिको गैगजिम्मेवारी अभिव्यक्ति आएको भन्दै प्रधानमन्त्रीमा कुटनीतिक भाषा ज्ञानको अभाव रहेको बताए ।
भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताएका थिए सोहि अभिव्यक्ति प्रति नेता गुरुङले कटाई गरेका हुन् ।
नेता गुरुङले कडा जनदवाब, प्रतिपक्ष दल र नागरिक समाजको दवाब, संसदीय समितिको निर्देशन र नेकपाभित्रकै दवाबले बाद्य भएर नक्शा जारी गर्ने ओलीसंग भूमी फिर्ता गर्नका लागि कुट्नैतिक भाषा ज्ञान, र त कुट्नैतिक चातुर्यता केहि नभएको बताएका छन् । उनले भनेका छन्ः उरन्ठेउला कुरा गरेर अयोध्याबासी बनाइदिएछ ।
उनको ट्वीटः कडा जनदवाब, प्रतिपक्ष दल र नागरिक समाजको दवाब, संसदीय समितिको निर्देशन र नेकपाभित्रकै दवाबले बाद्य भएर नक्शा जारी गर्नेसँग भूमी फिर्ता गर्नका लागि न कुट्नैतिक भाषा ज्ञान,न त कुट्नैतिक चातुर्यता । उरन्ठेउला कुरा गरेर अयोध्याबासी बनाइदिएछ । जिम्मेवार व्यक्तिको गैरजिम्मेवार अभिव्यक्ति ।