राजनीति

प्रधानमन्त्रीबाट उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु अनुपयुक्तः अध्यक्ष थापा

३० असार काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री स्तरको जिम्मेवार व्यक्तिबाट उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु अनुपयुत्त हुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा केपी शर्मा ओलीले दिएको अभिव्यक्ति प्रति कटाक्ष गर्दै नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा ओलीले अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो नभएको बताएका छन् ।

थापाले भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रधानमन्त्री ओलीको ध्यान गए जस्तो भान हुने बताए । कार्यक्रममा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताएका थिए ।

 

उनको ट्वीटः प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन ।