अन्तर्राष्ट्रिय

डब्लुएचओको चेतावनीः प्रभाककारी कदम नचाले कोरोनाको विश्वव्यापी महामारी झनै भयावह

३० असार काठमाडौं । प्रभावकारी कदम चाल्न नसके कोरोनाको विश्वव्यापी महामारीको झनै खतरा झयावह हुने आउने डब्लुचएचओले चेतावनी दिएको छ ।

साथै कोभिड १९ का क्षेत्रमा विश्वका कयौं राष्ट्रहरुले प्रभावकारी कदम चाल्न नसकेको ठहर गर्दै संगठनले यहि अवस्था रहे कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने चेतावनी दिएका छन् ।

डब्लुएचओ महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका कयौ राष्ट्रका सरकारले कोभिड १९ का लागि प्रभावकारी कदम चाल्न नसकेको ठहर गर्दै भयावह स्थिति निम्तने चेतावनी दिनुभएको छ । संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी कदम चाल्न नसकेका कारण विश्वका कयौं राष्ट्रहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको महानिर्देशक टेडरोजले जानकारी दिएका छन् ।

कोभिड १९ को इपिसेन्टर उत्तर तथा दक्षिण अमेरिका रहेको अवस्थामा अमेरिकामा स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पवीचको तनाव बढ्दै गएका कारण पनि संक्रमण पनि बढ्दै गएको डब्ल्युएचओ को ठहर छ । तर स्वास्थ्य विज्ञले भने लकडाउन खुकुलो पार्नेसहितका काम अति चाँडो हुँदा मानिसको जीवन जोखिममा परेको बताईएको छ ।

लकडाउन खुकुलो पारेकै कारण अमेरिकामा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढेको बताउँदै महानिर्देशक टेडरोजले कोरोना संक्रमित कम गर्ने मुख्य उपायमा लकडाउन पनि एक भएको बताउँदै संक्रमण फैलिएका देशहरुमा लकडाउन लागू गर्नुपर्ने सुझाव दिएका छन् ।

जेनेभामा हिजो गरिएको पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेडरोजले विश्वका नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको जानकारी दिएका हुन् । साथै महानिर्देशक टेडरोजलेनले चाँडै नै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुन्छ भन्नु वास्तविकतामा आधारित नरहेको पनि स्पष्ट पारेका छन् । खोप बनाउनका लागि अति तीव्र गतिमा काम भइरहेको तर त्यसका लागि समय लाग्ने उनले बताए ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३५ लाख ३५ हजार भन्दा बढी पुगेको छ । यस्तै अहिलेसम्म ५ लाख ७५ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।