३० असार काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपीशर्मा ओलीलाई अब छाडा छोड्नु खतरनाक हुने भन्दै टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको र भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको भन्ने दिएको अभिव्यक्ति प्रति चारैतिरबाट कटाक्ष भईरहेकाबेला डा भट्टराईले यस्तो बताएका हुन् ।
डा भट्टराईले अति गरे खति हुन्छ भन्दै प्रधानमन्त्रीको वचन/कर्मले सीमा नाघ्दैगएको संसदमा ‘सिंहमेव जयते’र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा ओलीको चिन्तनप्रणाली स्वस्थ नदेखिने टिप्पणी गरेका छन् । उनले भनेका छन्ः संसद स्थगन गरेर अध्यादेश/संकटकालको‘ खड्ग’समेत वहाँको हातमा छ ।
उनको ट्वीटः अति गरे खति हुन्छ भन्छन् ! प्रम @kpsharmaoli का वचन–कर्मले सीमा नाघ्दैछन् ! संसदमा ‘सिंहमेव जयते’र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा वहाँको चिन्तन प्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश रसंकटकालको‘खड्ग’समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !