३० असार काठमाडौं । पुर्वाधारवीद डा.सुर्यराज आचार्यले जिम्मेवार व्यक्तिका उत्ताउला अभिव्यक्तिले मुलुकमा जटिलता निम्त्यानसक्ने चेतावनी दिएका छन् । केहिदिन अघिमात्रै डा आचार्यले साझा पार्टीको प्रवक्ताबाट राजिनामा दिएका थिए । सामाजिक सञ्जाल ट्वीट माफर्त आचार्यले प्रधानमन्त्रीले सोमबारको एक कार्यक्रममा दिएको अभिव्यक्तितर्फ इँगित गर्दै यस्तो बताएका छन् ।
भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा केपी शर्माओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताएका थिए ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमा चौतफिर्त आलोचना भईरहेकोबेला आचार्यको यस्तो भनाई आएको हो । साथै उनले एजेन्डा सेटिङ महत्वपूर्ण विषय भएको भन्दै गंभीर गृहकार्यको माग गर्ने बताउँदै जिम्मेवार व्यक्तिका अभिव्यक्तिलाई एजेन्डा–सेटिङका रुपमा पनि बुझिन्छ भनेका छन् । त्यसैले जिम्मेवार व्यक्तिका उत्ताउला अभिव्यक्तिले जटिलता निम्त्याउँने उनको धारणा छ ।
उनको ट्वीटः एजेन्डा सेटिङ महत्वपूर्ण विषय हो, गंभीर गृहकार्यको माग गर्छ। जिम्मेवार व्यक्तिका अभिव्यक्तिलाई एजेन्डा–सेटिङ का रुपमा पनि बुझिन्छ । त्यसैले जिम्मेवार व्यक्तिका उत्ताउला अभिव्यक्तिले जटिलता निम्त्याउँछ ।
३ प्रमको अयोध्या अभिव्यक्ति ।