समाचार

हिमालयन एअरलाईन्सले तेस्रो पटक विभिन्न देशहरुमा चार्टड उडान गर्दै

३० असार काठमाडौं । हिमाल एअरलाईन्सले तेस्रो पटक विभिन्न देशहरुमा चाटर्ड उडान गर्दै छ । कोरोना भाईरस (कोभिड-१९) का कारण विभिन्न देशमा अलपत्र परेका नेपालीलाई लिनका लागि हिमालले आगामी जुलाई १५ देखी विभिन्न देशमा उडान गर्दै छ । उक्त एयरले आगामी जुलाई १५ मा दुई र १८ मा एक उडान आबुदाबी र युएईको लागि गर्दै छ ।

यस्तै जुलाई १६ र २० मा रियाद साउदी अरेबिया र जुलाई १६ मा दुई उडानहरु र २० मा एक उडान दमाम/साउदी अरेबिया उडान गर्दै छ ।

त्यसैगरी जुलाई १७ मा मनामा र बहराईन, जुलाई १७, १८, र २० मा दोहा, कतार र जुलाई १९ र २१ क्वालालाम्पुर मलेसियाका लागि उडानहरु गर्दै छ । साथै हिमाल एअरलाईन्सले टिकट बुकिङ गर्दा कोरोना नेगेटिभ भएको प्रमाणपत्र पेस गर्नुपर्ने बताएको छ ।