गण्डकी प्रदेश

स्याङ्जाको कालीगण्डकीमा पहिरो, पुर्व पूर्वगाविस अध्यक्षको मृत्युः तिन बेपत्ता

३० असार काठमाडौं । स्याङ्जाको कालीगण्डकीमा पहिरो जाँदा पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । पहिरोमा परि पुर्व अध्यक्षको एकजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ को खहरेमा माथिबाट झरेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने तीनजना अझै बेपत्ता भएको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएर पूर्वगाविस अध्यक्ष इमानसिँह रानाको मृत्यु भएको छ ।

पहिरोमा परेर तीनजना बेपत्ता छन् । बेपत्ता हुनेमा सोही वडाका प्रेमचन्द्र पाण्डे, टीका थापा र गिमानसिँह थापा रहेको वडाध्यक्ष पाण्डेले जानकारी गराए । अहिले पहिरोमा पुरिएका व्यक्तिहरुको खोजी भइरहेको छ । स्थानीयले खोजी जारी राखेका छन् अहिले नेपाली सेनाको टोली पनि घटनास्थल पुगेको पाण्डेले जानकारी दिए ।