३० असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले राष्ट्रिय सहमतिको सरकार बनाएर नयाँ चुनाव गरौं भन्ने प्रश्ताव गरेका छन्।
नेता घिमिरेले बहुमतको नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारले आफ्नो ईज्जत राख्न सकेन, न त आफ्ना मतदाताको मन राख्न सक्यो।भन्दै प्रधानमन्त्री बोलेकै छैनन्। हाम्रा बोलेको बोल्यै गरेर नेपालको बद्नाम भएको संकेत गरेका छन् ।
उनले फेसबुकमा लेख्दै, ‘बाढीपहिरोले जनतामा हाहाकार छ, कोरोना महामारी छदैछ। हुँदा हुँदा अनुत्पादक बिषयमा प्रधानमन्त्री आफैं जोरी खोज्न तम्सिएका छन्।’ भनेका छन् ।
नेता घिमिरेले देश डुबाउन नपाईने भन्दै, ‘आफ्नो स्तरमा पो संवाद हुन्छ या विवाद। त्यहाँका मिडियासँग किन जुहारी खेल्नु? कि त नेकपाले नेतृत्व फेरेर आफ्नो सरकार पुरा अवधि राम्रो चलाउ नत्र राष्ट्रिय सहमतिको सरकार बनाएर नयाँ चुनाव गरौं। यस्तो चालाले जनतालाई दुःख दिन र देश डुबाउन पाइदैन।’ यस्तो स्टाटस् लेखेका छन् ।
नेता घिमिरेको स्टाटस्ः बहुमतको सरकारले आफ्नो ईज्जत राख्न सकेन। न त आफ्ना मतदाताको मन राख्न सक्यो। बाढीपहिरोले जनतामा हाहाकार छ, कोरोना महामारी छदैछ। हुँदा हुँदा अनुत्पादक बिषयमा प्रधानमन्त्री आफैं जोरी खोज्न तम्सिएका छन्। उताका प्रधानमन्त्री बोलेकै छैनन्। हाम्रा बोलेको बोल्यै छन्। आफ्नो स्तरमा पो संवाद हुन्छ या विवाद। त्यहाँका मिडियासँग किन जुहारी खेल्नु? कि त नेकपाले नेतृत्व फेरेर आफ्नो सरकार पुरा अवधि राम्रो चलाउ नत्र राष्ट्रिय सहमतिको सरकार बनाएर नयाँ चुनाव गरौं। यस्तो चालाले जनतालाई दुःख दिन र देश डुबाउन पाइदैन।