३० असार, काठमाडौँ । नेकपा स्थायी समिति सदस्य डा भीम रावलले यो बेला सीमा क्षेत्र मिचिएको, तराईका वस्ति डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्यावारे वहस गर्नुपर्ने हो? भन्दै प्रश्न गरेका छन् ।
विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो ? आक्रोश पोखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोध्या नेपालको भूमि हो भन्ने दिएको अभिब्यक्तीप्रति टिप्पणी नेता रावलले उक्त टिप्पणी गरेका छन् । पूर्ब गृहमन्त्रीसमेत रहेका नेता रावलले ओलीबिरुद्ध कडा टिप्पणी गरेका छन् ।
नेता रावलको ट्वीटः यो बेला सीमा क्षेत्र मिचिएको, तराईका वस्ति डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्यावारे वहस गर्नुपर्ने हो? विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो ?