समाचार

मनसुन कमजोर भएकाले मुलुकमा अबको केहिदिन भारी वर्षाको सम्भावना कमः मौसमवीद

३१ असार काठमाडौं । मुलुकमा अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदहरुले जानकारी दिएका छन् ।

गत बिहिबारदेखी सक्रीय भएको मनसुन केही कमजोर बनेको हुँदा केहिदिन ठुलो वर्षाको सम्भावना कम रहेको हो । तराई नजिक रहेको न्यूनचापीय रेखा कमजोर भएसँगै मौसममा सुधार आउन थालेको मौसमविद गंगा नगरकोटीले जानकारी दिएकी छिन ।

मौसम सुधारसँगै अबका तीन दिन लगातारको झरी पर्ने सम्भावना कम भएको उनले बताए । तर मनसुन कायमै रहेकोले केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहने मौसमबिद् नगरकोटीले बताईन । यसअघि बिहीबारदेखि अस्ति सोमबारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ ।

मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि हिजोसम्म बाढी र पहिरोमा परी एक सय जनाको ज्यान गएको छ । ४३ जना बेपत्ता भएका र ९७ जना घाइते भएका प्रहरीले जनाएको छ । बाढी पहिरोबाट २५ जिल्ला प्रभावित भएका छन् । यस्तै बाढि, पहिरोका कारण कयौं परिवार घरबार बिहिन भएका छन् ।