सामाजिक सञ्जाल

धनराजको आक्रोसः एउटै मन्त्रीलाई ४ वटा गाडी, सचिबहरुको पनि उस्तै ठाँटबाँठ

०१ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले ३ तहको सरकारले एकै वर्ष ९ अर्ब ४२ करोडको गाडी किनेको भन्दै आक्रोस पोखेका छन् । उनले बिकास हैन, बिलाशीतामै रमाउ सरकार भन्द्यै जनताको थाप्लोमा ऋण बोकाएर मोज गर सरकारको नारामा व्यंग्य गरेका छन् ।
नेता गुरुङले मन्त्री भएपछि मन्त्रीका श्रीमानरश्रीमती,छोरारछोरी सबैलाई गाडी चढ्नै पर्ने। एउटै मन्त्रीलाई ३र४ वटा गाडी चाहिने ? भन्दै राजनीति गर्नेहरुमाथी प्रश्न गरेका छन् । नेता गुरुङले कर्मचारीका कमाण्डरका रुपमा रहेका सचिबहरुको पनि उस्तै ठाँटबाँठ भन्दै उनीहरुलाई पनि छाडेनन् ।

नेता गुरुङको ट्वीटः मन्त्री भएपछि मन्त्रीका श्रीमानरश्रीमती, छोरारछोरी सबैलाई गाडी चढ्नै पर्ने। एउटै मन्त्रीलाई ३र४ वटा गाडी चाहिने। सचिबहरुको पनि उस्तै ठाँटबाँठ। यस्तै भएकोले ३ तहको सरकारले एकै वर्ष ९ अर्ब ४२ करोडको गाडी किनेछ। बिकास हैन, बिलाशीतामै रमाउ सरकार। जनताको थाप्लोमा ऋण बोकाएर मोज गर सरकार।