बाग्मती

काठमाडौं कांग्रेसले पठायो क्षेत्रमा क्रियाशिल सदस्यता फारम

०२ साउन, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले तल्लो तहका क्रियाशिल सदस्यता पठाएको छ । जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा आज जिल्ला समितिको कार्यालय ज्ञानेश्वरमा बसेको बैठकले नविकरण र नयाँ क्रियाशिल सदस्यता तल्लो तहमा पठाउने निर्णय गरेको हो ।

काठमाडौं कांग्रेसले अहिले रहेको क्रियाशिल सदस्य सँख्याको ५० प्रतिशत हुने गरि नयाँ क्रियाशिल सदस्यता फारम क्षेत्रमा पठाएको काठमाडौं कांग्रेसका नेता यूपी लामिछानेले जानकारी दिए । जिल्ला सभापति बानियाँले क्षेत्रीय सभापतिहरलाई क्रियाशिल फारम हस्तान्तरण गरेका छन् ।

काठमाडौं कांग्रेसका नेता लामिछानेका अनुसार काठमाडौं क्षेत्र नम्बर १ मा हाल १ हजार ११९ क्रियाशिल सदस्यत छन् । त्यसको ५० प्रतिशत अर्थात ५ सय ५९ वटा नयाँ क्रियाशिलका लागि सो क्षेत्रमा फारम पठाइएको छ । त्यस्तै, काठमाडौं २ मा २ हजार ५४६ क्रियाशिल सदस्य छन् । नयाँ १ हजार २६३ क्रियाशिल फारक पठाइएको छ । त्यस्तै, क्षेत्र नम्बर ३ मा १ हजार ७५८ क्षेत्र ४ मा १ हजार ४६३, क्षेत्र ५ मा १ हजार ३६८, क्षेत्र ६ मा १ हजार ६१८, क्षेत्र ७ मा १ हजार ६३५, क्षेत्र ८ मा १ हजार १९, क्षेत्र ९ मा १ हजार ९९८ र क्षेत्र १० मा १ हजार ७१९ क्रियाशिल सदस्य छन् । उनीहरुको नविकरण हुनेछ भने सो साख्याको ५० प्रतिशत नयाँ क्रियाशिल थप हुनेछन् ।

सभापति बानियाँले साउन मसान्तभित्र नविकरण र नयाँ सदस्यताको फारम बुझाइसक्न क्षेत्रीय सभापतिहरलाई निर्देशन दिएका छन् । क्षेत्रबाट फारम आइसकेपछि जिल्लाले केन्द्रमा पठाउनेछ । कांग्रेसले फागुन ७ मा १४ औं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।