सामाजिक सञ्जाल

राजा महेन्द्रको महिमा जति लेखेपनि थोरै, उनका धेरै काम जनताले सम्झिरहेका छन्ः अध्यक्ष थापा

२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महेन्द्रको महिमा जति लेखेपनि थोरै हुन्छ, उनले गरेका धेरै काम जनताले आज पनि सम्झिरहेका छन् भनेका छन् ।

अध्यक्ष थापाले लाखौँ भूमिहीनलाई उनैले भूमिपति बनाए भने गरिबको स्तर नउठाएसम्म राष्ट्र समृद्ध हुँदैन भन्ने उनको मान्यता राजा महेन्द्रका पालामा भएको जिकिर गरेका छन् ।

पुर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले राजा महेन्द्रका यीनै दूरदर्शी विचारलाई नयाँ पुस्तालाई सहीकुरा बताउनुपर्ने आवश्यकता देखिने तर्क गरेका छन् ।

अध्यक्ष थापाले एक महेन्द्रको बारेको लेखलाई सामाजिक सञ्जालमा ट्वीट गर्दै उक्त टिप्पणी गरेका हुन् ।

अध्यक्ष थापाको ट्वीटः  “महेन्द्रको महिमा जति लेखेपनि थोरै हुन्छ।उनले गरेका धेरै काम जनताले आज पनि सम्झिरहेका छन्।लाखौँ भूमिहीनलाई उनैले भूमिपति बनाए भने गरिबको स्तर नउठाएसम्म राष्ट्र समृद्ध हुँदैन भन्ने उनको मान्यता (थियो)।। तसर्थ, नयाँ पुस्तालाई राजा महेन्द्रका बारे सहीकुरा बताउनुपर्ने आवश्यकता देखिन्छ”