३ साउन काठमडौं । जनता समाजवादी पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलिको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेको टिप्पणी गरेका छन् ।
केहि दिन अघि प्रधानमन्त्री ओलीले राम जन्मभुमिको विषयमा दिएको अभिव्यक्तिको चौतर्फि आलोचना भईरहेको तर्फ इँगित गर्दै डा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेशनीति, जातीय/धार्मिक द्वेष, राज्यका अंग भन्दै उनले हिट्लर पनि निर्वाचित भएको स्मरण गराउँदै चरम राष्ट्रवाद उनको पनि हतियार भएपनि आखिर के भयो ? भन्दै प्रश्न गरेका छन् ।
साथै डा भट्टराईले नेकपाभित्रको आन्तरिक किचलो तर्फ ईसारा गर्दै नेकपा किन अलमलमा ? संसदबाटै संकटमोचन किन हुन्न ? भन्ने प्रश्न गर्दै ओलीहटाऔंदेशबचाऔं भनेका छन् ।
उनको ट्वीटः प्रम @kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ। कोरोना, र्थतन्त्र, भ्रष्टाचार, विदेशनीति,जातीयरधार्मिक द्वेष, राज्यका अंग । ! स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिएसचरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो ? नेकपा किन अलमलमा ? संसदबाटै संकटमोचन किन हुन्न ? ओलीहटाऔंदेशबचाऔं ।