३ साउन काठमाडौं । नेपाल प्रहरीका ६६ जना नायब निरीक्षक (सई) हरूको सरुवा र पदस्थापना भएको छ । प्राविधिक प्रहरी नायब निरीक्षक पदमा बढुवा तथा पदस्थापना भएकाहरूको शुक्रबार सरुवा र पदस्थापना गरिएको प्रहरी हेडक्वार्टरले जनाएको छ ।
साउन २ गते शुक्रबारको निर्णयअनुसार प्राविधिक प्रहरी समूह, इञ्जिनियरिङ, उप–समूहअन्तर्गत सञ्चारतर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा बढुवा भएकाहरूको पदस्थापना र सरुवा भएको हो ।