४ साउन, इलाम । मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भोगिरहेकी एक महिलाका लागि युट्युवमार्फत रकम जुटाउन थालिएको छ । दुवै मिर्गौला फेल भएर प्रत्यारोपणका लागि आर्थिक अभाव खेपिरहेएकी इलाम नगरपालिका– ११ बस्ने सञ्चरानी लिम्बूका लागि हिव टिभी युट्युव च्यानलमार्फत रकम जुटाउन थालिएको हो । युट्युवमार्फत सात लाख २९ हजार ३५० उठाइएको छ ।
हिब टिभी नेपाल युट्युव च्यानलका सञ्चालक विरु लिम्बूको अगुवाइमा सङ्कलन गरिएको सहयोग रकम देशविदेशमा रहेका २० जनाले सहयोग गरेका हुन् । लिम्बूको उपचारका लागि १० लाखभन्दा बढी रकम आवश्यकपर्ने भएपछि विभिन्न माध्यमबाट रकम सङ्कलन थालिएको हो । आर्थिकस्थिति कमजोर भएकी लिम्बूको उपचार रकम अभाव भएपछि ‘सञ्चमाया बचाऊ अभियान’मार्फत रकम जुटाउन थालिएको हो ।