१९ साउन, काठमाडौं । सिन्धुपाल्चोको मेलम्चीमा पहिरोमा परि बेपत्ता भएका मध्य पाँच जनाको सव फेला परेको छ ।
कर्भडहल निमार्णमा खटिएका नौं जना कर्मचारी गएराति आएको पहिरोमा पुरिएकोमा एक जनालाई जिबितै उद्धार गरिएको थियो, भने बाँकी पहिरोमा बेपत्ता भएका थिए ।
जसमध्य पाँच जनाको शव प्रहरीले निकालेकोमा दुई जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी माधव काफ्लेका अनुसार परिचय खुल्नेमा वीरगञ्ज निवासी प्रदिप चौरसिया र राजेश चौधरि रहेका छन् ।
अन्य मृतकको भने पहिचार हुन सकेको छैन । उनिहरु बस्दै आएको टहरोलाई गएराति करिब २ बजे आएको पहिरोले परेको थियो । जिवितै उद्धार हुनेमा भारतिय नागरिक रहेका छन् ।