पु.समाचार

२४ घण्टामा देखियो ४१८ जनामा कोरोना, अहिलेसम्म निको भए १४ हजार ९६१ जना

१९ साउन, काठमाडौं । आज ४१८ कोरोना संक्रमणबाट जनालाई कोरोना संक्रमण पुष्टी भएको छ। 

१४ हजार ९६१ जना कोरोना निको भएर फर्किएका छन् । आजसम्म ५७ जनाको कोरोनाबाट निधन भएका छन् । अहिले पनि कोरोनाको जोशिम ठूला शहरमा बढी भएको भन्दै चहलपहल भएका स्थानमा बढी जोखिम भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
उनले सबैलाई सतर्क र साबधानी अपनाउन आग्रह गरेका छन् । सार्बजनिक यातायातमा यात्रा गर्दा नाक र मुख राम्रोसँग बन्द गर्ने, आँखा नाक मुख नछुने, सकेसम्म कसैलाई नछुने कार्य गर्दा कोरोनाबाट बच्न सकिने उपाय अपनाउन आग्रह गरेका छन् । उनले अहिलेपनि बाहिरबाट आएकालाई कम्तीमा १४ दिन क्वारेन्टाईनमा राख्न आग्रह गरेका छन् । कोरोना संक्रमण यसैगरी गए पुन लकडाउन गर्नुपर्ने हुनसक्ने उनले आँकलन गरे । आफूपनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरे ।