२० साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए ।
लामा यही साउन १९ गतेदेखि हराइरहेका थिए । उनको शव आज छहरे खत्कुलो छाँगोमा देखिएको वडाध्यक्ष लामाले बताए । छाँगो ठूलो भएकाले शव निकाल्न गाह्रो भएको स्थानीयवासीको भनाइ छ । अहिले शव कसरी झिक्न सकिन्छ भनेर स्थानीयवासी लागिपरेका छन् ।