२३ साउन, काठमाडौं । बुद्धिजिवि लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले नेपालमा कोरोनाको झनै भयावह अवस्था आयो भनेर भनेको सरकारी भनाईको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले १० अर्ब सकेर ओली सरकारले गय्रो चैँ के ? केवल भोजन ? भन्दै प्रश्न गरेका छन् ।
केहि समय अघि प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र प्रवक्ताले कोरोना नियन्त्रणको तयारीमा सरकारले विश्व–कीर्तिमान कायम गर्याे भनेको तर प्रवक्ता डा जागेश्वर गौतमले अब अस्पतालका बेड, उपकरण र जनशक्तिको भयावह अभाव हुने छाँट देखियो भनेको भनाई प्रति कटाक्ष गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
बिहिबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले यस्तो बताएका थिए । कोरोना नियन्त्रणमा १० अर्ब खर्च गरेको बताएको सरकारले कोरोनाको भयावह अवस्था आउँदै छ र अस्पताल, आईसोलेशनको अभाव हुनसक्छ भन्ने प्रतिक्रिया दिएपछि संग्रौलाको यस्तो भनाई आएको हो ।
उनको ट्वीटः हिजोसम्म प्रधानमन्त्री,स्वास्थ्यमन्त्री र प्रवक्ता कोरोना नियन्त्रणको तयारीमा सरकारले विश्व–कीर्तिमान कायम गय्रो भन्दैथिए । आज कोरोना प्रवक्ता डा.गौतमले भने-अब अस्पतालका बेड, उपकरण र जनशक्तिको भयावह अभाव हुने छाँट देखियो । १०अर्ब सकेर ओली सरकारले गय्रो चैँ के ? केवल भोजन ?