३० साउन, काठमाडौं । कमेडी च्याम्पिएन विजेता हिमेश पन्तले २८ लाखको कार उपहार पाएका छन् । नायिका केकी अधिकारीको निर्माणमा तयार गरिएको नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनका विजेता पन्तलाई उपाधिबापत पूर्वघोषित उपहारस्वरूप २८ लाख रुपियाँको कार प्रदान गरिएको हो ।
बुधबार कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टेलिभिजनका प्रमुख दिनेश डिसीले केमेडी च्याम्पियन हिमेश पन्तलाई कार प्रदान गरेका हुन् । उक्त कुराको जानकारी नायीका केकि अधिकारीले आफ्नो फेसबुक स्टाटसमाफर्त दिएकी छिन् ।
उनको अनुसार उपाधि जितेबापत हिमेशलाई प्रदान गरिएको कारको बजार मूल्य २८ लाख रुपियाँ रहेको छ । उपाधिबापत नै नगद १५ लाख रुपियाँ भने कार्यक्रमको फाइनलका दिन प्रदान गरिएको थियो । कमेडी च्याम्पियनको दोस्रो सिजनको घोषणा पनि भइसकेको छ ।
कमेडी च्याम्पियनमा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता सन्तोष पन्त, हास्यव्यंग्यकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराई निर्णायक रहेका थिए भने रीमा विश्वकर्मा निर्मात्रीका साथमा कार्यक्रम सञ्चालिका थिइन् । कार्यक्रम नायिका केकी अधिकारीका साथमा विशाल भण्डारी, राज घिमिरे, रेशु तामाङ र प्रकाश बसेलले निर्माण गरेका हुन् ।