आर्थिक

कृषिको कुरा मात्र गरेर हुँदैन काम गरौं, केन्द्र, प्रदेश र स्थानीय तह र निजी क्षेत्र छलफल गरौंः गोल्छा

३० साउन, काठमाडौं । उद्योग बाणिज्य महासँघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मल विउ आदिको समस्या मुलुकभर भएको बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘सिन्धुलीमा किसानले मल नपाउँदा झड़प को स्थिति आएछ । मल विउ आदिको समस्या यहा मात्र होइन मुलुकभर नै छ ।’
भाबी अध्यक्षसमेत रहेका गोल्छाले भनेका छन् , ‘कृषिको कुरा मात्र गरेर हुँदैन काम गरौ निजी क्षेत्रले के गर्ने, सरकार स्थानीय र प्रदेशसहितले के गर्ने छलफल गरौं । पुनर्संरचना नगरि नहुने देखियो ।’
बरिष्ठ उपाध्यक्ष गोल्छाले मल बिउको समस्या समाधानका बिषयमा गफमाचत्र गरेर नहुँने हुँदा समस्या समाधानका लागि केन्द्र, प्रदेश र स्थानीय तहबिच छलफल गरेर समाधान निकाल्न आह्वान गरेका छन् ।
उनले स्टाटस् लेख्द्यै भनेका छन्, ‘सिन्धुलीमा किसानले मल नपाउँदा झड़प को स्थिति आएछ । मल विउ आदिको समस्या यहा मात्र होइन मुलुकभर नै छ । कृषिको कुरा मात्र गरेर हुँदैन काम गरौ निजी क्षेत्रले के गर्ने, सरकार स्थानीय र प्रदेशसहितले के गर्ने छलफल गरौ । पुनर्संरचना नगरि नहुने देखियो ।’