लुम्बिनी

कपिलवस्तुमा ४० वर्षे कोरोना संक्रमितको मृत्यु

३१ साउन, काठमाडौं । कपिलवस्तुमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको पुष्टि भएको छ ।

विगत ३ दिन देखी उपचाररत पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज बिहान कोरोनाका कारण  मृत्यु भएको पुष्टि भएको हो ।

अस्पतालमै आउँदा स्वास-प्रस्वासमा समस्या भएका उनको कोरोना आसंकामा तिन पटक गरिएको स्वाब परिक्षण पश्चात मात्रै कोरोना पुष्टि भएको थियो ।

मायाँदेवी गाउँपालीका वडा नम्बर ७ का ४० वर्षे पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुर्दशन थापाले पुष्टि गरेका छन् ।