स्वास्थ्य

भरतपुर क्यान्सर अस्पतालका प्रमुखसहित तीनजना चिकित्शकलाई कोरोना संक्रमण पुष्टी

३२ साउन, चितवन। भरतपुर क्यान्सर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट श्रीराम तिवारीसहित तिन बरिष्ठ चिकित्शकलाई कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीकाअनुसार स्त्री तथा प्रशुती बिभाग प्रमुख डा सुनिलमणि पोख्रेलसहित तीन जना छन् ।

यसअघि चितवनमा नै एक अस्पतालका मेडिकल सपिरिटेण्डेण्ट डा बिश्वबन्धु बगालेमा पनि कोरोना भाईरस संक्रमण पुष्टी भएको थियो । भरतपुर अस्पतालको सेवा सूचारु गर्न बैठक बसेर निर्णय गरिने अध्यक्ष डा भोजराज अधिकारीले बताएका छन् ।