बाग्मती

बानेश्वर बुद्धनगरमा अत्यावश्यकबाहेक भीडभाड हुने सबै व्यवशाय बन्द गर्ने वडाको निर्णय

३२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० ले कोरोना भाईरस संक्रमण रोकथामका लागि शैलुन, पार्टी प्यालेश लगायत बन्द गर्ने निर्णय गरेको छ । वडाले बिभिन्न फुटपाथ पसल, मन्दीर, चिया पसल, कबाडी सँकलन कार्य, जिम हल तथा अन्य भीडभाड हुने सबै प्रकारका व्यवशायहरु बन्द गर्ने निर्णय गरेको छ ।
महानगरको मुटुको रुपमा रहेको पुरानो बानेश्वर मध्यबानेश्वर, बुद्धनगर, बिजुलीबजार, थापागाउँ लगायतका क्षेत्रमा अत्यावश्यकबाहेकका पसलहरु बन्द हुने छन् । यसअघि लकडाउन खोल्नुभन्दा अगाडी वडाले चनाखो हुँदै सबै बन्द गरेको थियो । पछिल्लो समयमा कोरोना संक्रमण बढ्दैगएपछि र मृतकहरुको संख्या पनि बढ्दै गएर जोखिम बढेपछि वडाले सतर्कता अपनाएको हो । उक्त जानकारी सदस्य नरोज अर्यालले दिएका छन् ।