राजनीति

नेबिसंघले भाद्र १ र २ गते ८ जना बिद्यार्थी पक्राउको बिरोधमा क्याम्पस तालाबन्दी गर्ने गर्यो निर्णय

३२ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघले भाद्र १ र २ गते आन्दोलन गर्ने भएको छ । केन्द्रीय अध्यक्ष राजीव ढुंगानाद्वारा हस्ताक्षरित बिज्ञप्तीकाअनुसार त्रिभूवन बिश्वबिद्यालयका उपकुलपति र प्रहरीका केही अधिकारीहरुको मिलेमतोमा सम्झाना खत्रीलगायतका बिद्यार्थी नेताहरुलाई गिरफ्तार गरी झुठो मुद्दा लगाउन खोजिएको भन्दै यदि त्यस्तो गरे नेपाल विद्यार्थी संघले देशभरबाट आन्दोलनको आधिभेरी सिर्जना गर्ने भन्दै आन्दोलनको घोषणा गरेको छ ।
नेबिसंघले भाद्र १ गते देशभरका कलेजहरुमा तालाबनदी गर्ने, भाद्र २ गते कम्तीम १० जना उपस्थििति भई सरकारको कदमबिरुद्ध प्रदर्शन गर्ने रहेका छन् । केहीदिनदेखी नेबिसंघ आफ्ना बिद्यार्थीको रिहाईको मागसहित आन्दोलनमा छ ।