राजनीति

पार्टी एकतालाई सुदृढ गर्न बन्देज होईन, बहसलाई प्रोत्साहित गरिनु पर्दछः नेता श्रेष्ठ

३२ साउन, काठमाडौं । नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्ने विचार ब्यक्त गरेका छन् ।
नेकपा सचिवालय बैठक नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको भन्ने समाचार आएको केहीबेरमा नै स्टाटस् लेख्दै एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं, पार्टी भित्र केही बिषयमा कुनै छलफल, बहस र सँघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त नहुने विचार राखेका छन् ।                    नेता श्रेष्ठले भनेका छन्, ‘‪हाम्रो पार्टीका २ अध्यक्षहरुद्वारा पार्टी भित्रका समस्याहरुको समाधान र सँकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ ।यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ।‬ ‪मैले यस अघि नै सार्बजनिक रुपमा पार्टी सँकटको निकास को सुत्र प्रस्तुत गरिसकेको हुँ, पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र के क को निर्णय अनुसार महाधिवेशनको तयारी । पार्टी एकताको रक्षा ले हामी सबैलाई खुसी बनाएको छ ।‬’
नेता श्रेष्ठले स्पष्ट पार्दै थपेका छन्, ‘कार्यदलले तात्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततः राष्टृय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ ।‪यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी सँस्थागत निर्णय गरिनेछ।‬ ‪यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत हो।‬ तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं, पार्टी भित्र केही बिषयमा कुनै छलफल, बहस र सँघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन ।बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ ।’
एकातिर नेकपा अध्यक्षद्वय ओली र दहालबीचको बिबादका कारण लामो समयदेखी नेकपाका महत्वपूर्ण बैठकहरु हुन सकेका छैनन् भने अर्कोतिर पछिल्लो समयमा ६ सदस्यीय कार्यदल बनेको छ जसले पार्टीका पछिल्ला अन्तरबिरोधहरुलाई मिलाएर मिलाएर लाने प्रयास गर्नेछ । यसैबिचमा शीर्ष नेता श्रेष्ठले महत्वपूर्ण बिचार राखेका छन् ।
उनले पार्टी एकताको मर्म र भावनालाई बलियो बनाउन बैचारिक राजनीतिक बहसलाई बन्देज गर्नुभन्दा खुल्ला गर्नुपर्ने विचार राखेका छन् ।