०१ भदौ, डोटी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्बमन्त्री बीरबहादुर बलायरले डोटीका ९२ जना पत्रकारको कोरोना बीमा गरेका छन् । उनले पे्रेश यूनियन अन्तर्गतका ९२ जनाको जनही ५० हजारका दरले कोरोना बिमा गरेको प्रेश यूनियनका अध्यक्ष प्रकाश बमले पुष्टी गरेका छन्
अध्यक्ष बमले राज्यले निम्न आय भएका पत्रकारको राज्यले बेवास्था गरेको समयमा नेता बलायरको उक्त कदमले थोरैभएपनि राहत हुने बताए । निम्न आय भएका कारण कोरोना बीमा गरेर पत्रकारलाई आफ्नो कामप्रति आत्माबल बलियो बनाउन सहयोग हुने हेतुले आफूले पत्रकारको बीमा गरेको नेता बलायरको दाबी छ । नेता बलायरको गृहजिल्लासमेत रहेको डोटीमा कोरोना संक्रमणको समयमा स्थानीय जनतासँग नजिक भएका उनले काम गरेको स्थानीय को दाबी छ ।