राजनीति

सभापति देउवा ओली/दहालसँग आक्रोशित,‘कोरोना संक्रमितका लागि ख्वै आईसोलेसन र भेन्टिलेटर?’

१ भदौ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आईशोलेशन र भेन्टिलेटरको ब्यवस्था नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग आक्रोश ब्यक्तगरेका छन् । उनले आव प्रधानमन्त्री कार्यालय बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दहालसँगको भेटमा उक्त आक्रोश पोखेका हुन् ।
सभपति देउवाले कोरोना संक्रमणका कारण नेपाली जनमानसमा डरत्रास पैदा भएको र दैसनक संक्रमितहरु बढ्दै गएको अवस्थामा सरकारले कोरोना नियन्त्रण, उपचार र रोकथामको लागि अध्ययन गरेर प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका सभापति देउवासँग संबैधानिक नियुक्तीको बिषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सभापति देउवाले खै पर्याप्त रुपमा आईएसोलेशन र भेन्टिलेटर भन्दै प्रश्न गरेका थिए भने सिन्धुपाल्चोकको लिदीमा बस्ती सार्न भनेर दिएको सल्लाह नमान्दा उक्त क्षती भएको भन्दै त्यस्ता गल्ती नदोहोर्याउन दाबाब दएका थिए ।