बाग्मती

वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण

१ भदौ, वाग्मती । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित भएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे । हेटौँडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् । कोरोना सङ्क्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् । उनसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।