आर्थिक

मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको घटायो व्याजदर

१ भाद्र, काठमाडौं । हाल बिद्यामनको रोनाभाईरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असर संग संगै अत्यन्त प्रवाहित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै मुक्तिनाथविकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रदानगर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर आज देखि लागु हुने गरी २ प्रतिशतसम्म घटाएको छ ।
यस बाटगत चैत्र महिना देखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसायगर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा राहतमिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी गराए ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रहीमोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनिप्रदानगर्दै आई रहेको छ ।