२ भदौ, काठमाडौं । कोरोना भाईरस कोभिड १९ कारण नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ । सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएका ६२ वर्षका पुरुषको गएराति पौने १२ बजे मृत्यु भएको पुष्टि भएको छ ।
बाँकेमा नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर ५ निवासी पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यो संगै कोरोना संक्रमणका कारण बाँकेमा चार जनाको मृत्यु भएको छ भने नेपालमा मृतकको सङख्या १ सय ९ पुगेको छ ।
बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत गएराति मृत्यु भएका ती व्यक्तिमा साउन ३० गते लक्षणसहितको ज्वरो आएपनि साउन ३२ गतेमात्रै अस्पताल भर्ना भएका थिए ।
अन्तिकमा उनलाई फोक्सोमा निमोनिया देखिएको र स्वास्थ् स्थित बिग्रँदै गएर मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।