२ भदौ, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ निवासी २९ वर्षीया एक युवतीको आज पोखरामा मृत्यु भएको छ । ग्यालेक्सी अस्पताल पोखरा पुगेको आधा घण्टामै ती युवतीको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आजै पोखरा पठाइएको थियो । डुम्रेस्थित एक मेडिकलमा सामान्य उपचारपश्चात् उनलाई पोखरा पठाइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।
ती युवतीमा कोरोना सङ्क्रमणको लक्षण रहेकाले क्षयरोग उपचार केन्द्रमा नमूना परीक्षणका लागि पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।