३ भदौ, काठमाडौं । नेपालमा फेरी एक कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक ६१ वर्षे महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।
पाटन अस्पतालमा उपचाररत ६१ वर्षे महिलाको कोरोनाका कारण आज बिहानमृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
उनी भक्तपुर सुर्यविनायक निवासी रहेको कार्यालयले जनाएको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मंगलबार मात्रै नेपालमा कोरोनाका कारण ८ जनाको मृत्यु भएको थियो ।