सुदूरपश्चिम

अछामको रामारोशनमा भिषण वाढीेः १६ घर बगायो, ४ जनाको शव फेला

३ भदौ, काठमाडौं । अछाममा भयानक बाढी आएको छ । उक्त वाढीमा परि ४ जनाको मृत्यु भएको छ । साथै १६ घर बगाएको छ भने १५ जना बेपत्ता भएका छन् ।

अछामको रामारोशन गाउँपालीका ५ स्थित कैलास खोलामा आएको वाढीले त्यहा ठुलो क्षती भएको छ ।कैलास खोलाको वाढीले छेउछाउँका घर, खेत, पसल बगाएको छ ।

साथै वाढीले रामारोशन र बान्नीगढी जयगढ गाउँपालीका जोड्ने पक्की पुल समेत बगाएको छ । तद्धारकालागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्रप्रहरी सहितको टोलि त्यहाँकालागि हिँडेको छ ।

उक्त घटना स्थलमा प्रहरी जाँदै गरेकाले विस्तृत विवरण आउन बाँकी छ ।