अम्बिका आचार्य रुपाखेती/ आज कुशे औसी पितृ औंसी, गोकर्ण औसी भनेर चिनिन्छ । सनातन हिन्दु परम्परामा भाद्र महिनामा पर्ने भाद्र औंसी (अमावस्या)का दिन मनाइने पर्व हो। यस औंसीमा हिन्दु धर्मावलम्बिहरुले पिताको मुख हेर्ने दिन्, पितृ दिवसको रुप्मा मनाई आफूलाई जन्माउने पिताजीलाई विशेष सम्मान गर्ने गरिन्छ । यस औँसीलाई पितृ औंसी, गोकर्ण औंसी भनेर पनि चिनिन्छ । यस दिन पिता नहुनेकहरुले नजिकैको धार्मिक नदीमा गई स्नान गरी पुजा गर्ने गर्दछन् । बिशेष गरी काठमाडौंकाबासहरु गोकर्ण माहादेव स्थानको बाग्मती किनारमा रहेको विष्णु पादुकामा श्राद्ध, तर्पण, दान पुण्य गरी पितृ तार्ने गर्छन् भने काठमाडौंबाहिरकाअरु न्जिकैको धार्मिकस्थलमा गई स्नान गरी परम्पराअनुसार स्नान गरी कर्म गर्ने गर्दछन् । जसले गर्दा आफू पुण्य आत्मा बन्ने धार्मिक मान्यता छ ।
आज कुशे औसीको दिन कुशलाई विश्णु भगवानको अवतारको रूपमा आदर साथ काटि घरमा ल्याउने गरिन्छ । जुन कुशलाई हामी सम्पुर्ण धार्मिक कार्य तथा सम्पूर्ण पितृ कार्यमा पवित्रताको प्रतिकको रूपमा प्रयोग गर्दर्छ । यसरी कुशलाई घरमा भित्र्याउने हुनाले यसरी कुशे औंसी पनि भनिन्छ । धर्म ग्रन्थ अनुसार विष्णु भगवानलाई पत्थर हुन परोस्, रुख हुन परोस्, घाँस हुन परोस्, झार हुन परोस अनि श्राप परेको व्याख्या गरिन्छ जसमा शालिग्राम, पिपल, तुलसी र कुश पर्दर्छ। यस दिन सम्भव भएसम्म पिताजीको दर्शन गरेर सम्मान स्वरूप खाने कुरा खुवाउने विभिन्न उपहार दिने गरिन्छ भने सम्भव नहुनेले फोनवाट दर्शन गरी क्षमता अनुसार उपहार विभिन्न माध्यमबाट पठाउने गर्दछन्। जे होस जसरी भएपनि आजको दिन पितजीलाई सम्झन्छन्। कसै कसैले आफ्नो बाबु नभएपनि आफूलाई छोराछोरी जतिकै माया गरेका आफूले पनि बाबु जतिकै सम्मान दिएका व्यक्तिहरुको मुख हेर्ने खुवाउने, उपहार दिने गर्दछन् भने कोहि बृद्धाश्रममा गएर बृद्धरुलाई भोजन गराएर आफ्नो पितालाई खुवाएको अनुभुति गर्दछन्।
यसरी बुबाको मुख हेरेर महत्वपूर्ण रुपमा यो दिनलाई मनाउने व्यक्तिहरु धेरै हुँदाहुदै आजको दिनमा भेट्न आएनन्, फोन पनि गरेनन् भनेर मन दुखाई आँखाबाट अश्रु झार्ने पिता पनि यो दुनियाँमा धेरै छन्। आफुलाई जन्माउने, आफूलाई कर्म दिने, अनि आफूलाई पवित्र हिसावले बाटोदेखाउने पहिलो शिक्षकसमेत रहेका आफ्नो बाबुलाई यसैले कम्तिमा आजको दिन पिताको आखामा अश्रुधारा नआओस् भन्ने सम्झनु सबै छोराछोरीको कर्तब्य हुनुपर्दछ भन्ने मेरो भावना हो । पितामाताको आँखाबाट आँसु त कहिल्यै आउनु भएन। किन भने हामीलाई जन्माएर यस्तो राम्रो सन्सार देखाउने, हुर्काउने, बढाउने, पढाउने, आफ्नो खुट्टामा उभिन सक्षम बनाउने तिनै पितामाता हुन्। पिताले छोराछोरीको भविष्यको लागि आफ्ना समय, शरीर, धन्, मन आशिर्वाद लुटाउछन् र त्यसमा आनन्द र हर्षको आनुभुति गर्दछन्। हो त्यसैले त्यति उमेरको बुढो बेलामा प्रेमकासाथ वहाँहरुको सहारा लट्ठी हुन भने सक्नु पर्दछ ।
हाम्रो परम्परा छ सबैले अधिकाासले मान्दछन् त्यो राम्रो पनि हो तर वर्षमा एक दिन पिताको मुख हेरेर, मीठो खुवाएर एक जोर लुगा दिएरमात्र बुबाको योगदानको कदर हुन्छ भन्नु पनि गलत हो, अझ पछिल्लो समयमा त फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमा ठूला तस्विर। राखेर दुनियाँलाई बुबाको मुख हेर्ने दिनको शुभकामना बुवा भन्ने चलनको बिकास भएको छ, बुवाआमाको सुखदुःखमा बषौं साथ दिन नसक्ने तर सामाजिक सञ्जालका भित्तामा टाँस्ने काम कत्तिको सहाउँछ त्यो पनि समाजमा रहेका बुद्धिजिवी बर्गले मूल्याँकन गर्नुहोला, मलाई सोध्नुहुन्छ भने त्यो गलत हो, व्यवहारिक रुपमा बुबाआमा वा गार्जनको सधैं रेखदेख र माया गर्नु नै असल छोराछोरीको कर्तव्य हुन्छ । उमेरमा आफ्ना छोराछोरी हुर्काउदै आफूलाई बिर्सेका पितामाताहरु हाम्रा अब आउने पुस्ताका संस्कार हुन्, संस्कृति हुन्, अनुभव हुन्। पढ्न नजनेका कुरा अनुभव र हण्डर ठक्करले पनि जानिन्छ । जुन हामी उहाँहरुबाट सिक्न सक्छौं। यस्ता हाम्रा संस्कृति अनुभवका धरोहरलाई बोझ मानेर कति छोरा छोरीले बृद्धाश्रममा लगेर राखिदिएका छन्। जसका नयन अश्रु हामी हरेक बृद्धाश्रममा देख्न सक्छौं। आझ कतिले त ढाँटेर लगेका पनि सुनिन्छ भने कति छोराछोरीले पिताको सम्पति आफ्नो नाममा पारेर पितालाई अलपत्र अवस्थामा छोडेको पनि देखिएको छ । यसो भन्दै गर्दा सबैले त्यसै गरेका छन् भनेको भने किमार्थ हैन। पितालाई अन्तिम अवस्थासम्म सम्मान साथ आत्मासाथ गर्ने छोराछोरी पनि नभएका हैनन्। पृथ्वीलाई पुर्ण प्रकाश दिने सुर्यलाई सानोकालो बादलले ढाकेर अँध्यारो बनाएजस्तै थोरै त्यस्ता सामजिक संस्कृतिलाई ढाकेको मात्र हो।
एउटा बादलले जसरी आफ्ना मातापिताको काखलाई संसार सम्झन्छ, त्यसैगरी एक बृद्ध पितामाताले छोराछोरी अर्थात आफ्ना परिवारको काख नै संसार सम्झन्छ । नेपालको सामाजिक बनोटअनुसार सरकारले जेष्ठ नागरिकलाई व्यवस्थित गर्न नसकेको अवस्थामा त झन छोराछोरीको भर पर्नु पर्ने हुन्छ । आजको युगमा सत्य युगको श्रवण कुमार बन्न पर्दैन। विज्ञानले गरेको विकासले गर्दा खर्पनमा बोक्न पर्दैन, भावना बुझौं। मनको पिंडा अश्रुको रूपमा खस्न नदिऊ। सकिन्छ भने बर्ष दिन अथवा ३६५ दिनै ह्रिदय देखि नै माया प्रेम दिऊ, सकिदैन दुनियाँलाई देखाउने काम नगरौं । पितामाताले ह्रिदयले दिएको आशिर्वादले नै छोराछोरीको आर्थिक, सामाजिक, मानसिक, पारिवारीक उन्नतिको बाटो खुल्छ, भगवानले आशिर्बाद दिन्छन् । आफ्ना पितामातालाई माया गरौं, सम्मान गरौं, उहाँहरुप्रति गर्व गरौं। यहि नै पुर्ण सत्य हो। आज २०७७ को पिता दिबसमा हामी सबैले यहि प्रण गरौं। जय पिता दिबस ।।