समाचार

निषेधाज्ञामा कर्मचारीलाई प्रहरीले दुःख दिएको भन्दै आज बैंक बन्द, रोकियो सेवा

४ भदौं, काठमाडौं । नेपाल बैंकर्स संघले बन्दको चेतावनी दिएको छ । निषेधाज्ञाको समयमा बैंकका कर्मचारीलाई प्रहरीले दुःख दिएको भन्दै संघले यस्तो यस्तो घोषणा गरेको हो ।

संघका अध्यक्ष भुवन कुमार दाहालले आज बैंक नखोल्न बैंकहरुलाई निर्देशन दिएका हुन् । गएराति १२ बजेदेखी लागु हुनेगरी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसंगै ट्राफिक प्रहरी बाटोमा खटेका छन् ।

साथै विभिन्न स्थानमा प्रहरीले बैंकका कर्मचारीदेखी सिई ओसमेतलाई रोकेर राखेपछि संघले यस्तो निर्देशन दिएको हो । यता प्रहरीले भने माथिको आदेस अनुसार काम गरेको बताएको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालले माथिएको आदेश अनुसार केहि कडाई गर्नुपरेको भन्दै बैंकका सिईओ लगायतको गुनासो आएपछि सहजिकरण गरिरहेको बताएका छन् ।