४ भदौ, काठमाडौं । सुनको मुल्यमा फेरी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ तोकेको छ ।
मंगलबार र बुधबार तोलाको १ लाख ४ सय रुपैयाँ कायम थियो । बुधबारको तुलनामा तोलामा १६ सय रुपैयाले सुनको भाउ घटेको हो ।
यस्तै तेजावी सुनको भाउ पनि घटेर तोलाको ९८ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय ६० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको १३ सय ८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा उतारचढाव आएसँगै त्यसको असर स्थानीय बजारमा पनि परेको छ । महासंघले अन्तर्राष्ट्रिय मूल्यअनुसारै स्थानीय मूल्यमा सुनको भाउ निर्धारण गर्दै आएको छ ।