समाचार

निषेधाज्ञा उल्लंघन गर्ने ८ सय ९३ सवारी साधन प्रहरी कारबाहिमा

४ भदौ, काठमाडौं । नेपालमा कोरोना भाईरसको महामारी तिब्र गतिमा फैलिँदै गएपछि विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय काठमाडौं उपत्यका, भक्तपुर, ललितपुरमा दैनिक सयौंको सङख्यामा कोरोना संक्रमित फेला परिरहेका छन् ।

कोरोना नियन्त्रणका लागि बुधबारराति १२ बजेदेखी काठमाडौंमा उपत्यकाका तिन जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ ।

दैनिक जसो संक्रमितको मृत्यु हुन थालेपछि काठमाडौं उपत्यका लगाएत, भक्तपुर, ललितपुरमा कडाई गरिएको छ । कोरोना नियन्त्रणका लागि उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा लकडाउन गरेको छ ।

काठमाडौंमा पनि सात दिनसम्मका लागि निषेधाज्ञा गरिएको छ । आज काठमाडौं उपत्यका बिहानैदेखी प्रहरीले कडाई गरेको छ । बाटोहरुमा आज बिहानै देखी सुनसान छ भने कयौंलाई पक्राउ गरी होल्ड गरेर छाडेको छ । काठमाडौं उपत्यकामा बुधबार रातिबाट जारी निषेधाज्ञाले जनजीवन प्रभावित बनेको छ ।

सडकमा अतिआवश्यक सवारीबाहेक चल्न नदिने सरकारको निर्णय अवज्ञा गर्दै सवारी चलाउने करिब ८ भन्दा बढी सवारीलाई ट्राफिकले कारबाही गरेको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार १ बजेसम्मको तथ्यांकमा ८ सय ९३ वटा सवारी साधनलाई कारबाही गरिएको हो । जसमा ६ सय ९८ दुई पाङ्ग्रे सवारी छन् भने १ सय ९५ चार पांग्रे सवारी रहेका छन् ।

महाशाखा प्रमुख भीमप्रसाद ढकालले सरकारको निर्णयलाई अटेर गर्ने जो कसैलाई कानूनी दायरामा ल्याउने बताउनु भएका छन् । अहिले नियन्त्रणमा लिइएका सवारी साधनबारे थप अनुसन्धान चलिरहेको उहाले बताएका छन् ।