४ भदौ, जावलाखेल । तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेश प्रसाद सापकोटाले नियमित रुपमा सामाजिक दूरी कायम गरी स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुसार कार्यसचालन गरिरहेको बताएका छन् । ललितपुरको खुमलटारमा दोस्रोपटकको लकडाउनको बेलामासमेत सुर्यखबर प्रतिनिधि सो कार्यालय प्रवेश गर्दा निज कार्यालयको काममा व्यस्त देखिएका थिए। उनले महासंकटाको बेलामा तरकारीको आवश्यक्ता पूर्ति गर्न मौसामअनुसारका बिभिन्न तरकारी बालीका बेर्ना उत्पादन, बिभिन्न बालीका लागि बीउ उत्पादन, किसानलाई सल्लाह सुझावलगायतका काममा व्यस्त रहेको बाताएका छन् ।
उनी लगायतको टिम गोलभेँडाको हाईब्रिड बीउ उत्पादन, हाईड्रोपोनिक नयाँ प्रबिधि प्रदर्शन, ड्रोनबाट बिषादी छर्ने काम भईरहेको बताए । कार्यालयका सम्पूर्ण कर्मचारी नै उपस्थित भएर अनुशासनपालन गरि कोरोना महामारीको समयमा पनि काम गरिरहेको बताउँदै खाद्यान्न तरकारीहरु जस्तो अतिआवश्यकीय बस्तुको लागि जिम्मेवार बहन भएर लाग्नुपरेको बताएका छन् ।
फार्मको व्यवस्थापन चुस्तदुरुस्त र प्रभावकारीबनाएका सापकोटाले जग्गाको अभावका कारण क्षमताअनुसार सेवा प्रदान गर्न नसकिएको खुलस्त गरेका छन् ।